Logo

ज्ञानेन्द्रले चुनाव खर्च दिएपछि राप्रपाको घोषणापत्रमा राजसंस्थाको एजेण्डा !



कात्तिक २२, काठमाण्डौ । पूर्व राजा ज्ञानेन्द्र शाहको निर्देशन अनुसार कमल थापा नेतृत्वको राप्रपाले चुनावी घोषणापत्रमा राजसंस्थाको वकालत गरेको खुलेको छ ।
घोषणापत्र तयार पर्नुअघि राप्रपा अध्यक्ष कमल थापाले ज्ञानेन्द्रसँग छलफल गरेको बताइएको छ । लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याएको खण्डमा राजसंस्था फर्काउने प्रतिवद्धता थापाले ज्ञानेन्द्र समक्ष गरेका हुन् । सेरेमोनियल किङका रुपमा राजसंस्था व्यूताउने खेल भएको कतिपयको आशंका छ ।

ज्ञानेन्द्रलाई भेटेपछि नै थापाले रणनीति परिवर्तन गरेर राजसंस्था फर्काउने एजेण्डा घोषणापत्रमा समावेश गरेका हुन् । राजसंस्था फर्काउने मुद्दा बोक्नका लागि ज्ञानेन्द्रले थापालाई चुनावी खर्चसमेत दिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्