Logo

रामचन्द्र पौडेलको दैनिकी मतदातासँग भेटघाटमा व्यस्त, अधिनायकवाद रोक्नका लागि कांग्रेसलाई मतदान गर्न आग्रह



-कमलमणि पोख्रेल

२२ कार्तिक, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मतदाता भेटघाटमा व्यस्त छन् ।

मतदाता भेटघाटमा व्यस्त रहेका वरिष्ठ नेता पौडेलले बुधबार मात्रै झण्डै आधा दर्जन स्थानका मतदातासंग भेटघाट गरेको तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिएका छन् ।

 

बुधवार पौडेलले ब्यास १० कुमलटारी, कलेस्ती, गजौडे, अधेरीभन्ज्याङ र दुम्सिचौर पुगेर मतदातासँग साक्षात्कार गरेका हुन् ।
नेता पौडेल बुधबार बिहान व्यास नगरपालिककाको वडा नं १० वैरेनीका मतदाताहरु भोट माग्न व्यस्त रहेका थिए । त्यस्तै बुधबार दिउँसो कलेस्ती र गजौडेका मतदाताहरु संग भोट माग्न पौडेल व्यस्त भएका थिए भने साँझ दुम्सीचौर स्थित वि.पी भञ्ज्याङका मतदातासँग छलफल गरे ।

पौडेलको चुनावी कार्यक्रमलाई नेपाली कांग्रेस तनहुँका नेता कार्यकर्तासहित अन्य दलका मतदाताले पनि साथ दिएका छन् ।

नेता पौडेलले आफू तनहुँलाई मात्र नभई सिङगो मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेको हुँदा तनहुँका मतदाताले साथ दिनेमा विश्वस्त रहेको बताएका थिए । समग्र जिल्लाको विकासमा विगतमा पनि आफूले सक्दो प्रयास गरेको स्मरण गराउँदै पौडेलले आगामी दिनमा पनि जिल्लाको विकासका लागि आफू प्रतिवद्ध रहेको बताए । मुलुकमा अधिनायकवाद लाद्ने प्रयास भईरहेको भन्दै जनता सचेत हुनुपर्नेमा पौडेलले जोड दिएका थिए । पौडेलले तनहुँ सबै निर्वाचन क्षेत्रमा काग्रेसका उम्मेदवार विजयी हुने दाबीसमेत गरे ।

बुधबार साँझसम्म पनि पौडेल मतदाताको भेटघाटमा व्यस्त रहेको कोषाध्यक्ष गुरुङले जानकारी दिए ।
नेता पौडेल आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा निर्वाचन प्रचार प्रसार समितिको कार्यालय स्थापना गरेर चुनावी कार्यक्रममा सहभागि भएको हुन् ।



प्रतिक्रिया दिनुहोस्