Logo

प्रहरीको निगरानी शुरु



रसुवा, २४ कार्तिक । निर्वाचन अवधिभर गाउँघरमा रहेको हतियार राज्यलाई बुझाउन आग्रह गर्दा बेवास्ता गर्ने स्थानीयवासीलाई नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर राखी हतियार बुझाउन आग्रह गरे पनि बेवास्ता गरेका कारण सूक्ष्म दृष्टिले निगरानी बढाइ हतियार खोजीको अनुसन्धान शुरु गरिएको हो ।

घरमा बन्दुक राखेर अटेर गरिसक्ने जोकोही पनि कारबाहीका भागिदार हुने भएकाले इमान्दारपूर्वक आ–आफ्ना घरमा जे जस्ता बन्दुक छन्, निर्वाचन अवधिभर राज्यलाई बुझाउन आग्रह गरिएको बताइएको छ ।

यस्तै गाउँघरमा हतियार भएको थाहा पाउने जोकोहीले नेपाल प्रहरीलाई गोप्य सूचना दिई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न रसुवासीलाई आग्रह गरिएको समेत प्रहरी प्रमुख क्षेत्रीले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्