Logo

काठमाण्डौ क्षेत्र नम्बर २ मा माधबकुमार नेपाललाई एमालेकै असहयोग, जित्लान त चुनाव? यस्तो छ इतिहास



कात्तिक २४, काठमाण्डौ । २०६४ सालको पहिलो संविधान सभाको चुनावमा पराजय बेहोरेका माधब नेपालले यसपटक हारेकै ठाउँबाट चुनाव लड्दैछन् । यद्यपी २०७० को दास्रो संविधानसभाको चुनावमा नेपालले जित हासिल गरेका थिए ।
यसअघि एउटै उम्मेदवार २ वटा निर्वाचन क्षेत्रबाट चुनाव लड्न पाउने व्यवस्था हुँदा रौतहटबाट पनि चुनाव लड्ने गरेका नेपाल अहिले भने रौतहट छोडेर काठमाण्डौँमा चुनाव लड्दैछन् । अहिले एक उम्मेदवारले एक क्षेत्रबाट मात्रै चुनाव लड्न पाउने व्यवस्था छ ।

बाम गठबन्धनको तर्फबाट माओवादीको समेत भोट पाउनेभएपछि नेपाल हौसिएका छन् । तर अहिले एमालेकै एउटा समुह नेपाललाई हराउने षडयन्त्रमा लागेको आशंका गरिएको छ । नेपालविरुद्ध एमालेकै एउटा समुहले बागी उम्मेदवारसमेत खडा गरेको थियो । पार्टीले आफूहरुलाई अबमुल्यन गरेको भन्दै नेपालविरुद्ध एलपी श्रेष्ठले बागी उम्मेदवार दिएका थिए । तर पछि श्रेष्ठले उम्मेदवारी फिर्ता लिएर नेपाललाई सहयोग गर्ने बताएका थिए ।

यद्यपी भित्रभित्रै अहिले पनि नेपाललाई हराउने षडयन्त्र भइरहेको बताइएको छ । उक्त क्षेत्रबाट कांग्रेसले दिपक कुइकेललाई उम्मेदवा बनाएको छ ।
संविधान सभा उपनिर्वाचन २०६४ मा उक्त क्षेत्रबाट कुइकेल विजयी भएका थिए । त्यसबेला कांग्रेस उम्मेद्वार दिपक कुईकेल १८ हजार २०० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले १३ हजार ४२१ मत पाएका थिए ।

२३ वर्षसम्म कम्युनिष्ट पार्टीहरुको किल्ला रहेको काठमाडौं २ मा नेपाली कांग्रेसले ७० मा बाजी मारेको हो । काठमाडौंको यो क्षेत्र २०६४ सालसम्म क्षेत्र नम्बर १ का रुपमा थियो । २०६४ को संविधानसभा निर्वाचनमा देशभर ३५ क्षेत्र थप्दा क्षेत्र नम्बर २ मा परिणत भएको थियो । काठमाडौंको यो क्षेत्रमा एमालेका मदन भण्डारीदेखि नममोहन अधिकारी विजयी भएका थिए । २०४८ मा अन्तरिम सरकारका प्रधानमन्त्री एवं कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई हराउदै एमालेका तत्कालीन महासचिव मदन भण्डारी निर्वाचित भए । २०५० मा उनको दासढुंगा दुर्घटनामा निधन भएपछि मदन भण्डारीकी श्रीमती विद्या भण्डारीले उपनिर्वाचनमा जितिन् ।

२०५१ को चुनावमा एमाले अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट निर्वाचित भएर पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए ।
सोही क्षेत्रबाट २०५६ मा एमाले नेता प्रदिप नेपाल निर्वाचित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन महासचितव माधवकुमार नेपाललाई एमाओवादीका झुक्कु सुवेदीले हराएका थिए । नेपालले हारे पनि कम्युनिष्ट पार्टी माओवादी कै उम्मेद्वार सुबेदी विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्