Logo

‘ख्रोको राष्ट्रवाद धेरै दिन चल्दैन’ : निधि



महेन्द्रनगर, धनुषा, २६ कात्तिक : नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेको बताउनुभएको छ ।

जनकपुरमा रासससँग कुरा गर्दै नेता निधिले पहिलो चरणकै चुनावमा कम्युनिष्ट पार्टीको भ्रम टुट्ने बताउँदै भन्नुभयो, “ ख्रोको राष्ट्रवाद धेरै दिन चल्दैन, नेपाली जनता अब सबै कुरा बुझ्ने भइसकेका छन् ।”

उहाँले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले नेपालमा एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभयो ।” नेता निधिले एक प्रसङ्गमा भन्नुभयो, “बाहिरबाट आएर धनुषा जित्नु दिवास्वप्ना मात्र हो ।” (रासस)



प्रतिक्रिया दिनुहोस्