Logo

एमाले–माओवादी पार्टी एकता अन्यौलमा , चुनावपछि ठोस कदम चालिने एमाले महासचिव पोखरेलको भनाई



कात्तिक २६, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच गर्ने भनिएको पार्टी एकता अन्यौलमा परेको छ । एकताका लागि गृहकार्य भइरहे पनि सार्थक रुप लिन नसकेको हो । एकताका लागि धेरै गृहकार्य भएर पनि हुन सकेन । चुनाव अगाडि नै पार्टी एकता गर्नेसमेत प्रयास भएको थियो ।

चुनाव अगाडि नै एकता गर्न सके कार्यकताले चुनावमा सकारात्मक भूमिका खेल्न सक्ने भन्दै पार्टी एकता संयोजन समिति नै बताइएको थियो । भित्र भित्र धेरै कुरा मिल्न नसकेको बताइएको छ । पार्टी एकताका लागि नाम र सिद्धान्तमा विवाद देखिएपछि मंसिर ९ गते गर्ने भनिएको एकता टरेको हो ।

एमालेले अंगिकार गर्दै आएको मदन भण्डारीको सिद्धान्त जनताको बहुदलीय जनवाद र माओवादीको द्धन्द्धलाई कसरी समेट्ने भन्ने लगायतको महत्वपूर्ण विषयमा कुरा मिल्न नसकेको बताइएको छ ।

पार्टी एकता गर्ने उद्देश्यसहित आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धन गरेका मुख्य घटक एमाले र माओवादी केन्द्रले पार्टी एकता संयोजन समिति नै गठन गरेको थियो ।
पार्टी एकीकरणको तयारीका लागि बनाएको पार्टी एकता संयोजन समितिले कुनै ठोस काम गर्न नसकेको बताइएको छ ।

एमालेले संयोजन समितिमा अध्यक्ष केपी ओली, वरिष्ट नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई राखेको थियो । तर, झलनाथ खनाललाई हटाएर एमालेले उनको स्थानमा महासचिव ईश्वर पोखरेललाई संयोजन समितिमा ल्याएको थियो ।

माओवादी केन्द्रबाट भने अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा ‘बादल’ संयोजन समितिमा रहेका छन् । पछिल्लो सयम यो समितिको सक्रियता पनि देखिएको छैन । यद्यपी चुनावको मुखमा चुनावी अभियानमा केन्द्रित हुनु परेकाले एकता प्रक्रिया प्रभावित भएको सतितिका सदस्य तथा एमालेका महासचिव ईश्वर पोखरेलले बताएका छन् ।

चुनाव लगत्तै पार्टी एकता र सरकार गठनले सार्थकता पाउने पोखरेलले दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको चुनाव विशेष साक्षात्कारमा बोल्दै पोखरेलले एमाले–माओवादीबिचमा एकता हुने दाबी गर्दै विचार मिलिसकेको बताए । विगतमा कार्यनीतिक बाटोमा मेल नभएको स्मरण गराउँदै अहिले दुई पार्टीबिचमा मुद्दाहरु मिलेको बताए । “चुनावले गर्दा अहिले केही अलमल भएको मात्रै हो । अब तत्काल यो विषय अगाडि बढ्छ । चाँडै पार्टी एकता हुन्छ” -पोखरेलले भने ।

 



प्रतिक्रिया दिनुहोस्