Logo

डा. गोविन्द केसीविरुद्ध विद्यार्थी आन्दोलन, संस्थानका डीन डा. जगदीश अग्रवालको पुत्ला जलाए



२६ कात्तिक, काठमाडौ । आईओएमको प्रवेश परीक्षा पुनः सञ्चालन गरिनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले डा. गोविन्द केसीविरुद्ध नाराबाजी गरेका छन् । परीक्षा पुनः गराउनेपर्ने मागसहित चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)का एमबीबीएस प्रवेश परीक्षाका विद्यार्थीहरुले आइतबार त्रि.वी शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा आन्दोलन गरेका थिए । सोही क्रममा आफ्ना मागविरुद्ध केसीसमेत लागेको आरोप लगाउँदै विद्यार्थीहरु आक्रोषित बनेका हुन् ।

यो प्रकरणमा आफूहरुलाई साथ दिन डा. केसी समक्ष बारम्बार आग्रह गर्दा समेत डा. केसीले स्वास्थ्यको बहाना बनाउँदै पन्छिन खोजेको आरोप लगाएका हुन् ।
विद्यार्थीहरुले आफ्ना कुरा राखिदिन केसीलाई आग्रह गरे पनि केसीले वेवास्ता गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् ।

स्वाथ्यको बहाना देखाउदै केसीले समस्याका बारेमा तिमीहरु के गर्छौ गर भनेर पन्छिएको गुनासो विद्यार्थीहरुको छ । यस विषयमा चासो नदिएपछि विद्यार्थीहरुले उत्तः प्रकरणमा डा. केसीकै संलग्ना त छैन भन्ने प्रश्न गरेका छन् ।

पुनः परीक्षाको माग गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)का एमबीबीएस प्रवेश परीक्षाका विद्यार्थीहरुले आइतबार त्रि.वी शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा आन्दोलन गरेका थिए । विद्यार्थीहरुले संस्थानका डीन डा. जगदीश अग्रवालको पुत्लासमेत जलाए ।

प्रवेश परीक्षामा भएको अनियमितताका विषयमा सिआईबीले छानविन गरी प्रतिवेदन बुझाइसक्दा समेत डीन कार्यालयले दोषी उपर छानविन गर्नुको साटो मौन बस्नुले प्रश्न चिन्ह खडा भएको बताउँदै विद्यार्थीहरुले डीन कार्यालयका पदाधीकारीलाई बर्खास्तीको माग राख्दै विद्यार्थी आन्दोलित भएका हुन् ।विद्यार्थीहरुले हालको परीक्षा रद्द गर्नु पर्ने, मर्यादित ढङ्गले पुनः परीक्षा सञ्चालन गरिनु पर्ने, असक्षम र अदुरदर्शी डीन कार्यालय तथा परीक्षा समिति बर्खास्त गर्न समेत विद्यार्थीहरुले आइओएम समक्ष माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्