Logo

मुलुकको विकासको लागि वामशक्तिकै सरकार बन्नुपर्छ : माधव नेपाल



काठमाडौं, २६ कार्तिक । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले समृद्ध नेपाल निर्माणको लागि वामशक्तिकै सरकार हुनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर–२ का संघका प्रत्यक्ष तर्फका उम्मेदवार समेत रहनु भएका नेपालले चुनावी प्रचारका क्रममा वडा नम्बर–२३ को कोट्देवी वुथ उद्घाटन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले भने, ‘समृद्ध नेपाल निर्माण गर्न वामशक्तिकै सरकार हुनुपर्छ भनेर यो प्रक्रिया अघि बढाएका हौँ ।’ उनले आफू विजयी भएपछि कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने पनि बताए ।

नेता नेपालले वाम तालमेलका लागि आफूले पनि निकै ठूलो प्रयास गरेको बताए । त्यस्तै ‘०६२–०६३ को जनआन्दोलनका बेला फरक कित्तामा रहेका नेपाली कांग्रेस र नेकपा माओवादीलाई लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेलेको पार्टी एमाले नै भएको उनको दाबी थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले चुनावी प्रचारका क्रममा काठमाडौँ क्षेत्र नम्बर–२ का जनतासँग आफ्नो भावनात्मक नाता जोडिएको पनि बताए । ‘कतिपयले ०७० सालको उपनिर्वाचनमा माधव नेपालले दुई क्षेत्र जित्दा काठमाडौँ–२ छाडेर रौतहट रोज्यो भनेर हल्ला गरेका छन्,’ उनले भने,‘त्यो गलत हल्ला हो ।

 



प्रतिक्रिया दिनुहोस्