Logo

दुई तिहाई बहुमत नआउने पक्का भएपछि वाम गठबन्धन कसरतमा, राप्रपा, राजपा र फोरमसँग सम्बन्ध विस्तारको प्रयास



कात्तिक २६, काठमाण्डौ । आगामी चुनावमा दुई तिहाई बहुमत ल्याएर सरकार गठन गर्ने दाबी गर्दै आएका एमाले–माओवादी पछिल्लो समय सशंकित बनेका छन् । विभिन्न गोप्य रिपोर्टहरुले गठबन्धनको दुई तिहाई बहुमत आउन नसक्ने देखाएपछि दुई दलहरु सरकार गठनको विकल्पमा छलफल गर्न थालेका छन् । गठबन्धनले बहुमत ल्याउने जिकिर गर्दै आए पनि चुनाव नजिकिदै गर्दा दुई तिहाई बहुमत आउन नसक्ने देखेपछि कसरी सरकार गठन गर्ने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेको बताइएको छ ।

पहिलो चरणको छलफलमा जसरी भए पनि नेपाली कांग्रेसलाई सत्ता बाहिर राख्ने विषय केन्द्रविन्दरमा रहेको छ । यसका लागि बाम गठबन्धनसहित कमल थापाको राप्रपासँग पनि सहकार्य गर्ने योजनामा वाम गठबन्धन रहेका छन् ।

गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना लगायतका सबैजसो सरक्षा निकायको गोप्य अनुसन्धानका आधारमा कुनै पनि गठबन्धनको दुई तिहाई बहुमत आउन नसक्ने देखाएको बताइन्छ । त्यसैले पनि एमाले र माओवादी सरकार गठनका विषयमा चिन्तित छन् । सरकार निर्माणका लागि कमल थापासँगै तराई मेधशालाई पनि पर राख्न नहुने निष्कर्षमा पुगेको वाम गठबन्धनले राजपा र संघीय समाजवादी फोरमलाई पनि साथमा लिएर सत्ता संचालन गर्ने विषयमा पनि छलफल चलिरहेको छ ।

कूल २ सय ७५ सिटमा करिब १ सय २५ सिट वाम गठबन्धनले ल्याउने आँकलन गरिएको छ । गठबन्धनको आन्तरिक मूल्याङ्कनमा पनि धेरै मिहिनेत गर्दा १ सय पचास सिट हात पार्न सकिने आंकलन गरिएको बताइएको छ ।

दुई तिहाई बहुमतका साथ सरकार संचालन गर्नका लागि एमाले माओवादी राप्रपा, फोरम, राजपा लगायतका दलसँग सम्बन्ध सुमधुर बनाएर जानुपर्ने निष्कर्षमा पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्