Logo

“भ्रम छरेर चुनाव जित्ने दाउ र सत्ताका लागि वाम गठबन्धन बनाएका हुन् ” : बाबुराम भट्टराई



गोरखा, २७ कात्तिक (रासस) ः नयाँ शक्ति पार्टीका संयोजक तथा लोकतान्त्रिक गठबन्धनबाट गोरखा–२ का उम्मेदवार डा बाबुराम भट्टराईले वाम गठबन्धन सत्ताका लागि मात्रै भएको आरोप लगाउनुभएको छ ।

स्थानीय च्याङ्लीमा आज आयोजित चुनावी कार्यक्रममा भट्टराईले भन्नुभयो, “भ्रम छरेर चुनाव जित्ने दाउ र सत्ताका लागि वाम गठबन्धन बनाएका हुन् ।”

अब देशमा राजनीतिक मुद्दा करिब सकिएको बताउँदै आर्थिक विकास र समृद्धितर्फ सबैको ध्यान जानुपर्नेमा डा भट्टराईले जोड दिनुभयो । आफू अर्थमन्त्री र प्रधानमन्त्री रहँदा गोरखामा विकास, निर्माणका केही जग राखेको भन्दै उहाँले सो पूरा गर्न जनताबाट फेरि एक पटक निर्वाचित गराउनुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अबको लडाइँ आर्थिक समृद्धिका लागि हो ।”

 



प्रतिक्रिया दिनुहोस्