Logo

दश दिन चुनाव राेकिएकाे भए पार्टी एकता भई सक्थ्याे : “प्रचण्ड”



कार्तिक २८, भरतपुर। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघ र प्रदेशकाे निर्वाचन दश दिन राेकिएकाे भए एमाले र माअाेवादी बीच चुनाव अघि नै पार्टी एकता भई सक्ने बताउनु भएकाे छ।

“सर्वाेच्च अदालतमा निर्वाचन प्रभावित गर्ने मुद्दा दर्ता भएकाे थियाे। कांग्रेसका नेताहरु पनि चुनाव नगर्नेबारे कुरा गर्दै थिए” मंगलबार भरतपुरकाे दिव्यनगरमा अायाेजित कार्यक्रममा प्रचण्डले भन्नुभयाे, “केपी अाेलीजी र मैले कुरा गर्याैं। चुनाव राेकियाे भने पहिला पार्टी एकता गर्ने तयारीमा हामी थियौं। दश दिन मात्रै चुनाव राेकियाे भने दुवै पार्टीका केन्द्रीय समिति भङ्ग गर्ने, महाधिवेशन अायाेजक समिति बनाउने, पार्टी एकता गर्ने र एउटै चिन्हबाट चुनाव लड्ने हाम्राे तयारी थियाे। तर, चुनाव राेकिएन। अहिले हामी चुनावकै व्यस्ततामा छौं। चुनाव लगत्तै हामी पार्टी एकता गर्छौं र नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउँछौं। अब पनि कसैले पार्टी एकता हुँदैन कि भन्ने ठान्छ भने त्याे भ्रम हाे। हाम्राे एकतालाई अब कुनै तागतले राेक्न सक्दैन।”

“मैले सहमति अनुसार नै प्रधानमन्त्रीबाट राजीनामा दिएँ, देउवाजीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरें” प्रचण्डले भन्नुभयाे, “संसदमा देउवाजीले प्रचण्डजी तपाईं राजनेता हाे भन्नुभयाे। के उहाँले प्रधानमन्त्री पदकै लागि मलाई राजनेताकाे पगरी दिनुभएकाे हाे ? हाेइन भने चितवन जस्ताे जिल्लामा राजावादी पार्टीलाई कांग्रेस सुम्पेर उहाँले के गर्न खाेज्नुभएकाे हाे ? मैले बुझ्न सकेकाे छैन। लाेकतन्त्रका लागि लडेकाे पार्टीले राजावादी मान्छेलाई समर्थन गरेर उहाँहरुले बिपि, गणेशमान र गीरिजाबाबूकाे अपमान गरिरहनु भएकाे छ।”

एमाले-माअाेवादी गठबन्धनले देशमा राजनीतिक स्थिरता कायम हुने प्रचण्डले बताउनु भयाे। उहाँले भन्नुभयाे, “माअाेवादी एमाले एकता अधिनायकवादका लागि हाेइन, राजनीतिक स्थिरताका लागि हाे, विकासका लागि हाे, समृद्धि र समाजवादका लागि हाे। हामी कम्युनिष्टहरु लाेकतान्त्रिक शक्ति हाैं। शान्तिपूर्ण प्रतिस्पर्धाकाे हाम्राे निष्ठामाथि प्रश्न उठाउनेहरु देशमा अस्थिरता निम्ताउने शक्तिहरु मात्र हुन्।”

चुनावी अभियानका क्रममा मंगलबार भरतपुरका १७, २ र २० नम्वर वडामा अायाेजित दर्जनाै सभाहरुमा सम्बाेधन र घरदैलाे गर्नुभएकाे थियाे। अभियानका क्रममा राप्रपा र कांग्रेस परित्याग गरि करिव ५०० कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका थिए।

119
13 0 0



प्रतिक्रिया दिनुहोस्