Logo

आरजुका लागि भोट माग्दै देउवाले भने, “१ भोट उहाँलाई हालिदिनुस् है”



२९ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी आफ्नी पत्नी आरजु राणा देउवाका लागि भोट माग्न सक्रिय छन् ।
आरजुलाई जसरी पनि जिताउने अभियानमा लागेका देउवा आफ्नो चुनावी क्षेत्रमाभन्दा बढि श्रीमतीको चुनावी क्षेत्रमा केन्द्रित भएका छन् ।

कांग्रेस सभापतिसमेत रहेका देउवा अहिले आरजुलाई एक भोट हालिदिनुस् है भन्दै मतदाता फकाउन थालेका छन् ।
आरजुका लागि भोट माग्न चुनाव अघि देउवाले तीन पटक कैलाली जाने कार्यक्रम तय गरेका छन् ।
आगामी दिनमा कांग्रेसका तर्फबाट नेतृत्व तहमा महिलालाई अघि सार्नुपरेको खण्डमा देउवाले पत्नी आरजुलाई अघि सार्ने रणनीति लिएको बताइएको छ ।

संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजी मार्ला भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा यस क्षेत्रवाट चुनाव लड्ने भएपछि थप चर्चा पाएको हो ।



प्रतिक्रिया दिनुहोस्