Logo

नेपाली जनताको हितमा लडाइँ लड्न चुनावी मैदानमा छु – नेता पौडेल



दमौली, तनहुँ, २९ कात्तिक (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ उम्मेदवार रामचन्द्र पौडेलले नेपाली जनताको हितमा लडाइँ लड्न आफू चुनावी मैदानमा उत्रेको बताउनुभएको छ ।

तनहुँको भानु नगरपालिका–११ स्थित टुहुरेपसलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई बर्बादीबाट जोगाउन र आर्थिक समृद्धि हासिल गर्न आफू चुनावी मैदानमा उत्रेको बताउनुभयो ।

यसअघि आफू राष्ट्रिय राजनितिमा व्यस्त हुनुपरेकाले जिल्लाभित्र समय दिन नसके पनि अबको पाँच वर्ष अधिकतम समय गाउँकै हितमा खर्चने वचनबद्धता नेता पौडेलले प्रकट गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा (क) का उम्मेदवार गोविन्द भट्टराई, समानुपातिक उम्मेदवार लक्ष्मी आचार्य, सरिता गुरुङलगायतले लोकतान्त्रिक शक्तिलाई जिताउनुपर्ने बताउनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्