Logo

आनन्दराज त्रिपाठीलाई महामन्त्री बनाएको भन्दै नेवि संघभित्र विवाद



१ मंसिर, काठमाण्डौ । (नेवि संघ)ले रिक्त रहेको महामन्त्री र सदस्य पदमा हालै गरिएको मनोनयनप्रति केही विद्यार्थी नेताहरुले आपत्ति जनाएका छन् । विद्यार्थी नेताहरु मनोज मणी आचार्य, दिपक भट्टराई र हिमालदत्त श्रेष्ठले एक संयुक्त बक्तब्य सार्बजनिक गर्दै मनोनयनको विरोध गरेका हुन् ।

नेवि संघ अध्यक्ष नैनसिहं महरले महामन्त्रीमा आनन्दराज त्रिपाठीलाई नियुक्त गरेपछि केही नेताहरुले आपत्ति जनाएका हुन् ।
मुलुक निर्वाचनमा होमिएको बेला उत्साहित भएर विद्यार्थीहरु नेपाली कांग्रेसलाई जिताउन खटिरहेको अवस्थामा नेवि संघ अध्यक्ष नैनसिहं महरले विद्यार्थीको भावनामा ठेस र्पुयाउन खोजेको आरोप उनीहरुको छ ।

 

अध्यक्ष महरले विना सहमति मनोनयन गरेकाले सम्पूर्ण मनोनयन फिर्ता गरी सहमतिको वातावरण बनाउन नत्र समानान्तर कार्यसमितिको अभ्यास समेत हुने उनीहरुले चेतावनी दिएका छन् ।
संघको विधान २०२७ को छैठौं संशोधन २०७३ को भाग ६ धारा ११ बमोजिम नेता आनन्द त्रिपाठीलाई महामन्त्री पदमा र अर्का एक विद्यार्थी नेतालाई सदस्य पदमा नियुक्त गरिएको जनाइएको छ ।

मनोनयनले राजतन्त्रका समयमा राज ज्ञानेन्द्र शाहले दशैंको मौका छोपी पारसलाई युवराज घोषणा गरेको शैलीमा निर्वाचनको मौका छोपी नेवि संघका आबद्ध विद्यार्थीहरुको उत्साहित मनोविज्ञानलाई हतोत्साहित गर्ने गरी गरिएको मनोनयनलाई स्वीकार नगरी सार्बजनिक बहिष्कार गर्न समेत विज्ञप्तीमा भनिएको छ ।
यता अध्यक्ष महरले भने मनोनयन विधि, विधान र प्रक्रिया अनुसार अध्यक्षको अधिकार प्रयोग गरी गरिएको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्