Logo

प्रदिप गिरीको दाबी : २ नम्बर प्रदेशमा बाम गठन्धनले २ सिट पनि जित्दैन्



सिरहा, १ मंसिर । नेपाली कांग्रेसका नेता एवम् सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि उम्मेद्धवा प्रदिप गिरीले मधेशमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भन्दा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको हाईट धेरै माथि रहेको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै नेता गिरीले अबको निर्वाचनमा कांग्रेसको नै बहुमत आउने दाबी गरे । उनले भने,‘हेर्दै जानुहोला, निर्वाचनको परिणाम आईसकेपछि थाहा हुन्छ, कांग्रेसको बहुमत आउँछ, हामी राम्रो नजिता ल्याउँछौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमालेको सिट ४० पनि नकट्ने दाबी गरे । उनले भने,‘एमालेले ४० सिट पनि कटाउन सक्दैन्, तपाई लेखेर राख्नुहोस्, यो मेरो दाबी हो।’

पत्रकार धमलाले कांग्रेसको त जनमत छैन भनेर एमाले–माओवादीले आरोप लगाएका छन् नि भनेर सोधेको एक प्रश्नमा उनले थपे,‘कांग्रेसको जनमत भनेको के हो ? संविधान जारी कसले गर्यो ? यो कुरा देश र सारा जगतलाई थाहा छ, म त भन्छु क्षेत्र नम्बर २ मा एमाले र माओवादीको २ सिट पनि काट्दैन ।’ उनले पत्रकार धमलालाई एमालेको सदस्य लिनुभयो भन्दै प्रश्न समेत तेर्साए ।

‘चुनाव जित्नको लागि कांग्रेसले फलामको चिउरा चपाउनुपर्छ भने एमाले र माओवादीको वाम गठबन्धनले युरोनियमको चामल खानुपर्छ,–उनले भने ।
प्रजातन्त्रको पूनस्र्थापना गर्ने, संविधान जारी गर्ने, व्यवस्थालाई संस्थागत गर्न निश्चय कांग्रेसकै कारण भएकोले पनि अबको निर्वाचनमा कांग्रेसको विजयी हुने उनले दाबी गरे । उनले थपे,‘एमालेलाई त जनताले घृणा गरेका छन् ।’

उनले अहिलेसम्म भएका पार्टीहरुमध्येमा कांग्रेस जति असल कोही नभएको पनि जिकिर गरे । उनले भने,‘अस्तिको २ नम्बर प्रदेशको निर्वाचनमा हेर्नुहोस्, हामी एक नम्बर भयौं, यसपालि नेश्नल गर्भमेन्ट कांग्रेसको नेतृत्वमा बन्छ, बरु धमलाजी कांग्रेसलाई खेद्ने काम बन्द गर्नुहोस, तपाईलाई अबको सरकारको प्रमुख सल्लाहकार बनाउनुपर्छ, तपाईले पनि अवरोध नगर्नुहोस्’

उनले आफू प्रचण्डको भन्दा पनि प्रचण्ड चाहीँ आफ्नो फ्यान भएको दाबी गरे । उनले थपे,‘उपेन्द्र यादव पनि मेरो फ्यान हुन् । हुन त प्रचण्डको सहयोगविना राजतन्त्र फ्याँकन सकिनदैन्थ्यो, संघीय प्रणाली स्थापित गर्नको लागि सबैभन्दा बढि भूमिका नै उपेन्द्र यादवको हो, त्यसैले म उहाँहरुको फ्यान हुँ, तर त्यो भन्दा पहिले उहाँहरु मेरो फ्यान हुन् ।’

उनले अंगारसँग दाँजेर कोही गोरो नहुने भन्दै मधेशमा उपेन्द्र यादवको भूमिका महत्वपूर्ण रहेको बताए । यादवसँग एकता र सहकार्यको प्रयास जारी रहेको उनले जानकारी दिए ।

सिरहा क्षेत्र नं. १ बाट गिरीले उम्मेदवारी दिएपछि सिरहामा उहाँको चर्चा चुलिँदो छ । गिरीको उम्मेदवारीले यो क्षेत्रको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । त्रिपक्षीय प्रतिस्पर्धाको आँकलन गरिएपनि स्थानीय तहको परिणाममा वाम गठबन्धन सबै अगाडि देखिन्छ । सिरहा क्षेत्र नं. १ मा पर्ने देशकै सबैभन्दा ठूलो लहान नगरपालिका र सखुवा नन्कारकट्टी गाउँपालिकामा नेकपा एमालेले जितेको छ ।

यस क्षेत्रबाट वाम गठबन्धनबाट नेकपा एमालेका केन्द्रीय सदस्य गंगाप्रसाद यादवले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट गिरी र मधेसी गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा पूर्व बिवना विभागीय मन्त्री राजलाल यादवको उम्मेदवारी परेको छ ।



प्रतिक्रिया दिनुहोस्