Logo

लोकतन्त्रवादी बलियो हुनु आवश्यकः उपप्रधानमन्त्री थापा



हेटौँडा, २ मंसिर (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले आर्थिक विकास, स्थिरता र सुशासनको निमित्त लोकतान्त्रिक शक्ति बलियो हुनुपर्ने बताउनुभएको छ ।

मकवानपुर निर्वाचन क्षेत्र नं १ को धियालमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले जनताको चाहना र सपना पूरा गर्न राजनीतिक दलहरुले विकास र समृद्धिलाई साझा एजेन्डा बनाउनुपर्ने बताउनुभयो ।

राष्ट्रियता, प्रजातन्त्र, प्रेस स्वतन्त्रता र विधिको शासनमा कोही कसैसँग सम्झौता हुन नसक्ने प्रष्ट्याउँदै उपप्रधानमन्त्री थापाले चुनावलाई स्वच्छ, धाँधलीरहीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबैको सहयोग अवाश्यक भएको बताउनुभयो ।

सभालाई राप्रपाका सहमहामन्त्री राजाराम बर्तौला, क्षेत्र नं १ को प्रदेश (क) का उम्मेदवार धर्म लामिछाने, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, नवराज विष्टलगायतले सम्बोधन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्