Logo

पाँच वर्षभित्र नेपालीलाई रोजगार : गगन थापा



सरिता राई, भोजपुर, २ मंसिर । पुर्वमन्त्री एवं नेपाली काँग्रेशका केन्द्रिय सदस्य गगन थापाले ५ वर्षभित्र सबै नेपालीलाई रोजगारको सिर्जना गर्ने बताउनुभएको छ ।

लोकतान्त्रिक गठबन्धनको चुनावी आमसभा सम्बोद्धन गर्न आज काठमाडौंबाट हेलिकप्टरमा भोजपुरको टुडिखेल आउनुभएका थापाले काँग्रेशले कम्नुष्टको उल्टो समाजवादलाई सुल्टो समाजवादमा परिणत गरी स्वास्थ्य र शिक्षाको समान अवशर र पहुँचले सबै नेपालीलाई रोजगार सिर्जना गरिदिने ठोकुवा गर्नुभयो ।

नेपाली काँग्रेशको अगुवाईमा महत्वपुर्ण काम गरेको स्मरण गराउँदैं थापाले चिकित्सा शिक्षा विधेयक समेत पारित गरेरैै छोड्ने आश्वसन दिनुभयो । हजारौं दर्शकको माझमा थापाले लोकतान्त्रिक गठबन्धनका उम्मेद्धार जिताएमा भोजपुरले विकासको मुहार अवश्य फेर्ने बताउनुभयो ।

पुर्व अर्थमन्त्री शंकर कोइराला, पुर्व राज्यमन्त्री तारामान गुरुङ्ग लगायत लोकतान्त्रिक गठबन्धनका प्रत्यक्ष र समानुपातिक उम्मेद्धारले सभालाई सम्बोद्धन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्