Logo

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात, अचेत अवस्थामा उपचार हुँदै



३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् ।
त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

उनलाई आइतबार बिहानै अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहे पनि अस्पतालले आधिकारिक केही बताएको छैन ।



प्रतिक्रिया दिनुहोस्