Logo

प्रचण्डपुत्र प्रकाशका बारेमा पम्फा भुसालले भनिन्, “अध्यक्षलाई कुरेर बसेका छाँै, अहिलेलाई यत्ति बुझ्नुस्”



३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा निधन भएको आशंका गरिएको छ । माओावदी प्रवक्ता पम्भा भुसालले दिएको जानकारी अनुसार प्रकाश दाहालको निधन भइसकेको र आधिकारिक जानकारी दिनका लागि प्रचण्डलाई कुरेर बसिएको छ । हृदयघात भएपछि उपचारका लागि नर्भिक अस्पतालमा लगिएका दाहालको निधन भएको हो ।

“अध्यक्ष प्रचण्डज्यूलाई कुरेर बसेका छौँ । अहिलेलाई यति बुझ्नुस् न ।” भुसालले भनिन् ।
तर आधिकारिक रुपमा भने कही बेरमा जानकारी गराउने बताइएको छ ।

माओवादी केन्द्रिय कार्यालयका सचिव प्रकाश पोखरेलले केही बेरमा दाहालको मृत्युबारे औपचारिक जानकारी गराइने बताए ।
प्रचण्ड झापाबाट काठमाण्डौ आएपछि आधिकारिक जानकारी गराउने बताइएको छ ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् ।
त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।



प्रतिक्रिया दिनुहोस्