Logo

प्रचण्ड नर्भिकमा, प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडा राखिने, चार बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि



३ मंसिर, काठमाडौं । दिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।

दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने र अपराह्न्न चार बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने माओवादीले जनाएको छ ।
प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो । उनको शव अहिले नर्भिक अस्पतालमै छ ।

आमा सीता दाहाल अस्पताल समेत आउन सकेकी छैनन् ।

चुनाव प्रचारका क्रममा झापामा रहेका प्रचण्ड छोराको निधनको खबर पाए लगतै हेलिकोप्टरबाट काठमाडौं आएका छन् । उनी केहीबेर अघि नर्भिक अस्पताल आइपुगेका छन् ।

अन्य आफन्तहरू र राजनीतिक दलका नेताहरू समेत प्रकाशको निधन भएपछि काठमाडौं केन्द्रित भएका छन् ।
यसैबिच राष्ट्रपति विद्या भण्डारीले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेकी छन् । प्रचण्डलाई भेट्न राष्ट्रपति आफैं लाजिम्पाट पुगेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्