Logo

प्रकाशलाई श्रद्धाञ्जली दिएलगत्तै प्रचण्डलाई अंगालेर बाबुराम डाको छोडेर रोए



काठमाडौं, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका एक मात्र सुपुत्र प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि प्रचण्डको अंगालोमा बेरिएर ग्वाँग्वाँ रोएका छन् ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्डको कार्यकक्षमा प्रवेश गरेलगत्तै बाबुरामले प्रचण्डलाई घ्वाप्लाक्क अंकमाल गरेर डाको छोडेर रोएको एक नेताले जनाए ।

डा.बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरेपछि आजसम्म पेरिसडाँडामा पाइला टेकेका थिएनन् । अहिले दाहालको शव पशुपति आर्यघाटतर्फ लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्