Logo

म सांसद चुनिएको तीन महिनाभित्रै तातोपानी नाका खोलिदिन्छु : अग्नि सापकोटा



‘मोहन बस्नेतलाई दोब्बर मतले हराउँछु, उनको लज्जास्पद हार हुन्छ’
‘चीनको ओबिआर परियोजना अब सिन्धुपाल्चोकबाट लागु हुन्छ’
सिन्धुपाल्चोक, ४ मंसिर । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का वाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेद्धवार अग्निप्रसाद सापकोटाले आफू विजयी भएको तीन महिनाभित्रै तातोपानी नाका खुलाउने दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले सिन्धुपाल्चोकमा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै पूर्वमन्त्री सापकोटाले यस्तो दाबी गरेका हुन् । उनले भने,‘म सांसद चुनिएको तीन महिनाभित्र तातोपानी नाका खोलिदिन्छु, यो लेखेर राख्नुहोस्, म जित्दैछु।’

अबको निर्वाचनमा वामपन्थीहरुको दुई तिहाई मत ल्याउने समेत उनको दाबी थियो । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अबको निर्वाचनमा एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धनले दुई तिहाई ल्याउने र सरकार बनाउने स्पष्ट पारे ।

माओवादी केन्द्रका नेता समेत रहेका सापकोटाले चीनीयाँ राष्ट्रपति सि चिनपिङको ओबिआर अवधारणा नेपालको सिन्धपाल्चोकबाट सुरु हुने जिकिर गरे । उनले थपे,‘म मोहन बस्नेतलाई दोब्बर मत ल्याएर जित्छु। हामी वाम मिलेका छौं, म मोहन बस्न्ेतलाई हराईदिन्छु। ऋब उनको लज्जास्पद हार हुन्छ। एक÷दुई÷तीन म हराउँछु, उनको हार निश्चित छ।’

उनले सिन्धुपाल्चोकको विकासको लागि आफू पूर्ण प्रतिबद्ध रहेको भन्दै स्वास्थ्य, पूर्वाधार, खानेपानी, पर्यटन, जडिबुटी, शिक्षा र हाईड्रोपावरको विकास गर्ने अठोट सार्वजनिक गरे । उनले भने,‘अब सिन्धुपाल्चोकमा वाम गठबन्धनले विकासको मुल फुटाउँछ, पार्टी एकता भैसक्यो, अब घोषणा हुन मात्रै हुन बाँकी छ, मुलुकले काँचुली फेर्छ, हामी मुलुक समृद्धिको अभियानमा लागेका छौ।’

उनले चुनावी अभियान लिएर आएकोमा क्लबका सभापति ऋषि धमलालाई बधाई समेत दिए । उनले थपे,‘ऋषिजी म स्वागत गर्न चाहन्छु, म आभारी छु, तपाई चुनावी लिएर आउनुभयो, यो मेरो लागि खुशीको कुरा हो, तपाई ढुक्क हुनुहोस



प्रतिक्रिया दिनुहोस्