Logo

वाम गठबन्धनले निर्वाचन जिते निरंकुशताले प्रशय पाउँछ : नेतृ क्षत्री



चुनावी कार्यक्रम लिएर क्षत्री देश दौडाहमा
काठमाडौं, ४ मंसिर । मुलुक यतिखेर प्रतिनिधि र प्रदेश सभाका सदस्यहरुको निर्वाचनको अन्तिम संघारमा छ । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । जनताको लामो बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रको संरक्षण र संविधान कार्यान्वयन गर्नु आजको चुनौती हो ।

राजनीतिक दलहरु यतिखेर आ–आफ्नो एजेण्डा सहित चुनावी अभियानमा मतदाताहरुसंग मत माग्नमा व्यस्त रहेका छन् । यसको लागि यहि आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नै संभवछ । माओवादी द्वन्द र निरंकुशबाट दलदल भएको हाम्रो जस्तो विकासोन्मुख देशमा अब विकास र सम्वृद्धको मुल फुटाउनु आवश्यक छ । नेता र जनता मुलुकका लागि एकै सिकाका दुई पाटा हुन् ।

यो निर्वाचन कम्युनिष्ट गठबन्धन पक्षमा गएमा लोकतन्त्रमाथि नै खतरा भई फेरि पनि निरंकुशताले प्रशय पाउने निश्चितछ । नेपाल महिला संघका पूर्व प्रवक्ता एवं महिला नेतृ निर्मला क्षत्री यतिखेर चुवानी कार्यक्रमहरु लिएर जनताको घर दैलो सहित देश दौडाहमा छिन् । उनी प्रदेश नं ५ अर्घाखाँचीबाट समानुपातिक उमेद्वार हुन् । उनी चुनावी सभालाई प्रचार पसार गर्दै ६४ जिल्लाका जनतासंग साक्षात्कार गरेकी छन् ।

उनी आफुले पार्टीमा गरेको त्याग र पाएको जिम्मेवारीप्रति त्यति असन्तुष्टी छैनन् । उनले नेपाली काँग्रेस नताले विश्वास र भरोसा गरेको पार्टी बताईन् । लोकतन्त्रको रक्षा र संविधान जारी देखि कार्यान्वयनसम्म नेतृत्व गरेको पार्टी नेपाली काँग्रेस नै भएकाले जनताले काँग्रेसलाई जिताउने कुरा दुईमत नभएको कुरा बताईन् । लोकतन्त्रको संरक्षण, संबिधान कार्यान्वयन, स्थायी शान्ति र सुव्यवस्ता कायम गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएकाले त्यसको संरक्षणको लागि जनताले काँग्रेसलाई नै रोज्ने उनको विश्वासछ ।

हजारौं विर सपुतले ज्यान गुमाए, कैऔं बालबच्चाहरु टुहुरा भए, कैऔं महलिाको सिन्दुर पुछियो, कऔ व्यक्तिहरुको अंगभंग भए कतिको मानिसहरु घरवार विहिन भए त्यो सबै लोकतन्त्रको स्थापनाकै लागि भएको थियो ।

अहिले लोकतन्त्रमाथि जुन प्रहार हुन गैरहेको छ त्यो जनताले नजीकबाट बुझेका छन् । अहिले कम्युनिष्टहरुको व्यवहारप्रति विश्वास घट्दै गएको छ । जनताले विश्वास र भरोसा गरेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस हो । यहि पार्टीले मात्र अहिले देखिएको चुनौतिलार्ई चिर्न सक्छ । काँगे्रसले नेतृत्व गरेको अहिले लोकतन्त्रका पक्षधरहरु एकढिक्का हुन सकेमात्र लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयन हुन्छ । मुलुकामा स्थायी शान्तिका साथै सम्वृद्ध नेपालको सपना पुरा हुन्छ ।

अहिलेको कम्युनिष्टहरुबिचको गठबन्धनलाई लोकतन्त्रलाई समाप्त गर्न चुनावमा दुई तिहाई ल्याउने र अहिलेको संबिधानलाई संसोधन गरी मुलुकमा एकतन्त्रिय निरंकुश शासन लाद्ने खेलका

साथ उदाएको हो । यसले मुलुकलाई निरंकुशता तर्फ लैजानेमा कुनै शंका छैन ।  लोकतन्त्रको संरक्षण र समृद्धको लागि नेपाली कांग्रेस जनताको घरदैलो कार्यक्रम लिएर गईरहेको छ ।
काँग्रेसको चुनावी कार्यक्रमका साथै अन्य विभिन्न कार्यक्रमहरु लिएर अधिकांश जिल्ला पुगेकी महिला नेतृ क्षेत्रीले जनताको समस्यालाई पनि राम्रोसंग बुझेकी छिन । महिलाका सवालमा सदा कलम चलाउने र वकालत गर्ने क्षेत्रीले आउँदा दिनहरुमा अझ शसक्त भई काम गर्ने प्रतिवद्धता जनता समक्ष व्यक्त गरेकी छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचन राजनीतिक दलबीचको मात्र लडाई नभई संविधान कार्यान्वयन, लोकतन्त्रको संस्थागत विकास मुल विषय हो ।

नेतृ क्षेत्रीलाई पार्टीले क्षमताको मुल्यांकन र योग्यताको कदर गर्दै केन्द्रिय निर्वाचन प्रशिक्षण समन्वय समिति जस्तो गनह जिम्मेवारी सुम्पेकोछ । त्यो जिम्मेवारीलाई आफले पुरा गरेरे परिणाम मुखी बनाउने उनको अठोटछ । निर्वाचनमा नेपालको राष्टियताको संवद्र्धन र लोकतन्त्रको रक्षा, समतामुलक समाजको निर्माण, मुलुकमा स्थायी शान्ति र सम्वृद्धिको लागि नेपाली काँगे्रसलाई जनादेश प्राप्त गरेको नेतृ क्षेत्रीले दावी गरिन् । पार्टीले दिएको जिम्मेवारी र गरेको मुल्यांकनप्रति आफु भन्दा पार्टी ठूलो भएकोले आफु पार्टीको आदेशपालक भएको उनले बताईन ।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा महिलाको प्रतिनिधित्वको सवालका विषयमा उनी प्रत्यक्ष तर्फ जुन अनुपातमा हुनुपथ्र्यो त्यो पक्कै नभएको स्वीकार गरिन् । संविधाले अनिवार्य रुपमा संविधानमा व्यवस्था गरे जस्तो महिला प्रतिनिधित्वको सहभागितामा पार्टीहरु चुकेको उनको ठम्याईछ । नेपाली काँग्रेसको नेतृत्वमा निरन्तरभएको संघर्ष र आन्दोलनबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र जनतामा स्थापित सार्वभौमसत्ता एवं लोकतन्त्रको रक्षाको लागि यो निर्वाचन लोकतान्त्रिक गठबन्धन र कम्युनिष्टबीचको जनमतसंग्र भएले बताईन् ।

विश्वभरी नै असान्दर्भिक हुदै गएको कम्युनिष्ट व्यवस्थाका पक्षधरहरुले नेपालमा बहुदलीय बहुलवादमा आधारित बहुदलीय व्यवस्थालाई समाप्त पार्दै नेपाललाई एकदलिय अधिनायकवादी कम्युनिष्ट साम्यवाद शासन व्यवस्थाको प्रयोगशाला बनाउने प्रयास भएको उनको ठहर छ ।

लोकतन्त्रको मुल्य मान्यताको रक्षा गर्दै बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्थाको जगेर्ना गर्नु सबै लोकतन्त्रवादीहरुको सामुहिक दायित्व भएको नेतृ क्षेत्रीले बताईन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot