Logo

जाडोमा हृदयघातको सम्भावना ५३ प्रतिशतले बढ्छ



स्नेहा कश्च्यप : काठमाडौं, ९ मंसिर । नर्भिक इन्टरनेशनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टका अनुसार गर्मीको तुलनामा जाडोमा हृदयघातको सम्भावना ५३ प्रतिशतले बढी हुन्छ ।

तर, थोरै सावधानी अपनाउने हो भने जाडो मौसममा हुने हृदयघातको खतराबाट जोगिन सकिन्छ । डा. भट्टले भने, ‘हृदयघातको कुनै लक्षण हुँदैन । त्यसकारण जाडो मौसम सुरुभएसँगै न्यानो बन्नु पर्छ ।’

डा. भट्टले चिसोमा हृदयघातबाट जोगिन केही उपाय सुझाएका छन् । ति यस प्रकार छन् : —चिसोबाट शरीरलाई जोगाउने । — न्यानो लुगा लगाउने । — बाहिर निस्किदा टाउको छोप्ने र मास्कको प्रयोग गर्ने । —जाडो मौसममा सधै तातो खाना र मनतातो पानी नै पिउने । —घरलाई न्यानो बनाएर राख्ने । —चिसो भयो भन्दैमा रक्सी, चुरोट वा अन्य कुनै नशा नलिने । यस्ता क्रियाकलापले शरीर बाउँडिन थाल्छ र नशा खुम्चिन थाल्छ । —मुटु वा मधुमेह सम्बन्धी शंका लागे तत्काल चिकित्सकसँग सल्लाह गर्ने । —बिहान १५ देखि २० मिनेट घाममा बस्ने । यसले शरीरमा गर्मी उत्पन्न हुन्छ र कोलेस्ट्रोल पनि कम हुन्छ । जसले मुटु रोगको खतरा कम भएर जान्छ ।



प्रतिक्रिया दिनुहोस्