Logo

स्थिर सरकार बनेमा मुलुकको मुहार फेरिन्छ : माधव नेपाल



काठमाडौँ, १० मंसिर : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अबको निर्वाचनपछि वाम गठबन्धनको बहुमतको स्थिर सरकार बनेर मुलुकले समृद्धि हासिल गर्ने बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका नेपाल आज काठमाडौँ महानगरपालिका– नं ३२ घरदैलो गर्दै उहाँले वाम गठबन्धनसँगै स्थिर सरकार बनेर वर्षांैंदेखि पछाडि परेको मुलुकले मुहार फेर्ने बताउनुभयो ।

उहाँले काठमाडौँको विकास निर्माणका लागि आफू प्रतिबद्धसमेत रहेको बताउनुभयो । “काठमाडौँको विकास जुन गतिमा बढ्नुपर्ने हो त्यो हुन सकेको छैन” उहाँले भन्नुभयो– “अबको निर्वाचनपछि यहाँको विकासले तीव्रता पाउँछ ।”

घरदैलोमा उहाँ बिहानैदेखि मतदातासँग भोट माग्दै घरघर पुग्नुभएको छ । वडा नं ३२ को सुविधानगर गैरीधारा, वासुकीनगर क्षेत्रका मतदातासँग भोट माग्दै हिँड्नुभएको हो । २०७० सालमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित बन्नुभएका नेपाल पुनः सोही क्षेत्रबाट यही मंसिर २१ गते हुन थालेको दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बन्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्