Logo

राज्यमन्त्री लामालाई पदमुक्त गर्न सिफारिश



काठमाडौँ, १६ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सिफारिश गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले पडाउनुभएको पत्रमा राज्यमन्त्री लामाले पार्टी हितविपरीत तथा लोकतान्त्रिक गठबन्धनलाई आघात पु¥याउने कार्य गरेको जनाउँदै पदमुक्त गर्न सिफारिश गरिएको उल्लेख छ ।

उद्योग राज्यमन्त्री लामालाई पार्टीको महामन्त्री पदबाट समेत निष्काशन गरेको उक्त पत्रमा उल्लेख गरिएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्