Logo

चुनावका बेला गगन थापा र लालबाबुजस्ता नेताविरुद्ध किन गरिन्छ षडयन्त्र ?



काठमाडौं, १७ मंसिर । चुनावका बेला जनताले मन पराइएका भनिएका उम्मेदवारमाथि षडयन्त्र हुने कुरा अब कुसैले नकार्न सकिदैन । केही समय अघि काठमाण्डौ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका कांग्रेसका युवा नेता गगन थापामाथि अनियमितता गरेको भन्दै प्रचार गरियो ।

थापाले उक्त प्रचार षडयन्त्र हो भनेर पुष्टी गर्न सार्वजनिक अभिव्यक्ति नै दिनुप¥यो । थापा विरुद्ध एमाले नेता केशव स्थापितले अनेक प्रकारका भ्रम फैल्याउने प्रयास गरेका थिए ।
एमालेका नेता लालबाबु पण्डितलाई सबैले राम्रा नेताको रुपमा लिन्छन् । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका पण्डितमाथि पनि अहिले गम्भीर आरोप लगाउँदै भ्रम सिर्जना गर्न खोजिएको छ । यद्यपी पण्डितमाथिको आरोप सही हो वा गलत पुष्टी भइसकेको छैन ।

लालबाबु पण्डितले सिन्धुपालचोकका तस्करबाट ७५ लाख रुपैया धुस लिएको खुलासा भएको भन्दै प्रचार गरिएको छ ।

एमाले नेता पण्डितले माधव नेपाल नेतृत्वको सरकार सामान्य प्रसाशन मन्त्री हुदा सिन्धुपालचोकका एक तस्कारसंग धुस लिएको तस्बीरसहित खुलासा भएको दाबी गरिएको छ । तातोपानी भन्सारबाट खुलेआम रक्त चन्दन, सुन तस्करी गर्ने निमा फुन्जु शेर्पा नाम गरेको एक गिरोहबाट पडिण्तले ७५ लाख रुपैया बुझेका थिए भनेर उल्ल्लख गरिएको छ ।

मन्त्री क्वार्टरमै ७५ लाख रुपैया ल्याएर बुझाउदाको तस्बीर भनि तत्कालिन आन्तरीक राजस्व विभागका महाप्रबन्धक भरत सुवेदीले खिचेको भनेर तस्विरसहित प्रचार गरिएको छ ।

तस्विर : khabarbihani.com बाट

यसरी प्रचार गर्नुले राजनीतिक विकृति बढ्दै गएको बुझ्न सकिन्छ । पण्डितले घुस लिएकै भए पनि चुनावका बेला मात्र यसरी नकारात्मक सन्देश पु¥याउन खोजिएको छ । अर्कोतिर वास्तविक रुपमा नै घुस लिएको भए पनि अरु समयमा पनि सार्वजनिक गर्न सकिन्थ्यो । यसअर्थमा पण्डितलाई चुनाव हराउनका लागि गरिएको षडयन्त्रको रुपमा यो घटनालाई लिन सकिन्छ । जसरी केशव स्थापितले गगन थापामाथि दुष्प्रचार गरेर भ्रम फैल्याउने प्रयास गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्