Logo

सेनाको टोलीद्वारा सकेट बम निष्क्रिय



लहान, २० मंसिर : सिरहाको लहान नगरपालिका–९ गोठटोलमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको हो । फेला परेको सो सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

संघीय समाजवादी फोरम नेपालका सक्रिय कार्यकर्तासमेत रहनुभएका साहले घर नजिकै बम देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।(रासस)



प्रतिक्रिया दिनुहोस्