Logo

आमाबुबाको आशिर्वाद लिदै नेता लेखकले गरे मतदान



कञ्चनपुर, २१ मंसिर : नेपाली कांग्रेसका प्रभावशाली नेता एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकले आमा बुबाको आशिर्वाद लिएपछि मतदान गरेका छन् ।

उनका बुबा प्रयागदत्त लेखक र आमा शारदादेबी लेखकको हातबाट टिका र आशिर्वाद लिए पछि नेता लेखकले गृह जिल्ला कञ्चनपुरको बेदकोट नपा ८ बैजनाथ मावि गयलनदी मतदान केन्द्रमा मतदान गरेका हुन् ।

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता लेखक यो भन्दा पहिले २०५६ सालको संसदीय निर्वाचन र २०७० को दोश्रो संविधान सभा निर्वाचनबाट यसै निर्वाचन क्षेत्रबाट अत्यधिक बहुमतका साथ बिजय भएका थिए ।

२०७० को निर्वाचनमा उनले एमाले र एमाओवादी दुबैले ल्याएको मत भन्दा चार हजार बढी मत ल्याएर जितेका थिए । उनको नेतृत्व क्षमता र विकास प्रतिको समर्पणका कारण सुदूरपश्चिममा नेता लेखकलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिको प्रभावशाली नेता मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot