![](https://reportersnepal.com/wp-content/uploads/2017/12/madhav-prasad-ghimire-casted-vote-768x486.jpg)
काठमाडौँ, २१ मंसिर : राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो ।
राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । (रासस)