Logo

प्रतिनिधिसभा तर्फको १२ स्थानको मतपरिणाम सार्वजनिक, यी हुन विजयी उम्मेद्धवारहरु (नामसहित)



काठमाडौं, २३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको अन्तिम परिणाम आउन थालेको छ। पछिल्लो मत गणना अनुसार प्रतिनिधिसभा तर्फको १२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमा एमाले ९, माओवादी केन्द्र २ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन्।

बाम गठबन्धन मतगणना जारी रहेका प्रतिनिधिसभा तर्फ एमाले ५९ स्थानमा अगाडि छ। माओवादी २५ स्थानमा अगाडि छ भने नेपाली कांग्रेस १८ स्थानमा अगाडि छ। अन्य साना दल १४ स्थानमा अगाडि छन्।

प्रतिनिधि सभामा विजयी हुनेहरू

मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)/

म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत

मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)-

पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत

मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत

बझाङ -भैरवबहादुर सिंह(एमाले)

हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)

डोल्पा- धनबहादुर बुढा(एमाले)-११७६१

बाजुरा -लालबहादुर थापा (एमाले)-२८०५८

रुकुम पश्चिम-जनार्दन शर्मा(माअोवादी)-३४४०२

दार्चुला- गणशसिंह ठकुन्ना (एमाले)-२८९९८

बागलुङ-प्रतिनिधिसभा १ मा वाम गठबन्धनबाट एमालेका सूर्य पाठक

प्रदेशसभामा विजयी हुनेहरू :

हुम्ला- प्रदेशसभा ख -जीवनबहादुर शाही (नेपाली काँग्रेस) – ४५१९ मत
जुम्ला-प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय (एमाले)- १०४५८
म्याग्दी- प्रदेशसभा ‘क’- विनोद केसी (माओवादी केन्द्र)
म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन (एमाले)
मनाङ- प्रदेशसभा ‘क’- दीपक मनाङे (स्वतन्त्र)
मुस्ताङ- प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट (एमाले)
मुस्ताङ- प्रदेश सभा ‘ख’- महेन्द्र बहादुर थकाली (एमाले)
पूर्वी रूकुम – प्रदेश सभा ‘क’- तेजवहादुर ओली
पूर्वी रूकुम – प्रदेश सभा ‘ख’- पूर्णबहादुर घर्ती
पश्चिम रूकुम- प्रदेश सभा ‘क’- रातो कामी (नेकपा माओवादी)
हुम्ला- प्रदेश सभा ‘क’- दलबहादुर रावल (एमाले)
रसुवा- प्रदेशतर्फ ‘क’ – प्रभात लामा (नेपाली कांग्रेस)
बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) ११८८४
धादिङ १‘ख’- शालिकराम जम्मरकट्टेल (माअोवादी) २३३८२
धादिङ २ ‘क’ जगत सिंखडा -(माअोवादी)
कालिकोट ‘क’-कुर्मराज शाही (एमाले)
जाजरकोट ‘ख’ -करवीर शाही(एमाले)
डोल्पा‘ख’-वीरबहादुर शाही-६४१४ (माअोवादी)
पश्चिम रूकुम ‘ख’-गोपाल शर्मा (माअोवादी) १८६६०
अोखलढुंगा ‘क’ -अंबिर गुरूङ(एमाले) १८०८
धादिङ १‘क’- राजेन्द्रप्रसाद पाण्डे (एमाले) २७३३२
बैतडी ‘क’ -प्रेम प्रकाश भट्ट (माअोवादी)
जुम्ला ‘क’- नरेश भण्डारी (माअोवादी)



प्रतिक्रिया दिनुहोस्