Logo

पूर्व लडाकु कमाण्डर बलदेवले पछारे पूर्व राजदुत दीपकुमारलाई



कपिलवस्तु, मंसिर २२ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणी खनाल ‘बलदेव’ कपिलबस्तु क्षेत्र नं १ मा चार हजार २१८ मतगणना हुँदा ७३६ मतले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार क्षेत्र नं १ मा वाम गठबन्धनका चक्रपाणि खनालले २२१९ मत प्राप्त गरेर अगाडि छन् भने उनलाई नेपाली कांग्रेसका दीपकुमार उपाध्यायले १४८३ ल्याएर पछ्याइ रहेका छन् ।

त्यस्तै क्षेत्र नं २ मा ६७३४ मतगणना हुँदा एमालेका वृजेशकुमार गुप्ताले ३४५० मत प्राप्त गरी अगाडि छन् भने उनलाई काँग्रेसका सुरेन्द्रराज आचार्यले २२२३ ल्याएर पछ्याइ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्