Logo

प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस



डडेल्धुरा, २३ मसिर : डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहनु भएको छ । प्रधानमन्त्री देउवाले छ हजार ८२२ मत ल्याउनुभएको छ, भने उहाँलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहनुभएको छ ।

प्रदेश एकमा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा छ हजार २९५ मत ल्याएर अगाडि हुनुहुन्छ भने उहाँलाई काँग्रेसका रघुवर भट्टले चारहजार ५०२ मतले पछ्याइरहनु भएको छ । प्रदेश २ मा नेपाली काँग्रेसका उम्मेदवार कर्ण मल्ल पाँचहजार ४१७ मतले अगाडि हुनुहुन्छ भने उहाँलाई वाम गठबन्धनका तारा जोशीले चार हजार २९७ मतल्याएर पछ््याइरहनुभएको छ ।

दुईवटा प्रदेश रहेको डडेल्धुरामा प्रदेश–(क) मा वामका उम्मेदवार अगाडि रहनुभएको छ भने प्रदेश (ख) मा नेपाली काँग्रेसका उम्मेदवार कर्णमल्ल अगाडि रहनु भएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्