Logo

काँग्रेसका लोभीपापी कता जालान् ?



समाचार विश्लेषण । चुनाव अगाडि वामपन्थीको बलियो सम्भावना देख्ने वित्तिकै व्यापार व्यवसाय गर्दै आएका एक हुल काँग्रेस कार्यकर्ता पार्टीको एक प्रभावशाली नेता कहाँ पुगे ।

उनीहरूले वामपन्थीको जीत हुने र काँग्रेसमा रहँदा व्यक्तिगत घाटा पर्न सक्ने भन्दै एमालेमा प्रवेश गर्न लागेको सुनाए । उक्त नेतालाई भित्री सहयोग रहने गरी एमाले प्रवेश गर्ने सुनाएर काँग्रेस छाडेको उक्त समूह जस्ता व्यक्तिगत लाभ हानीमा केन्द्रित हुने धेरै काँग्रेस कार्यकर्ता अब कता जालान् ?

विगतमा काँग्रेस अप्ठ्यारोमा पर्दा धेरैले उक्त पार्टी छाडेको इतिहास छ । पञ्चायतकालमा पञ्चायत पस्ने र राजाको शासनकालमा राजतन्त्रको समर्थनमा मैनवत्ती बाल्दै लाभको पदमा पुग्नेहरू थिए । कम्युनिष्ट प्रभावशाली भएको अहिलेको अवस्थामा काँग्रेस छाड्नेहरूको संख्या उल्लेख्य हुनसक्छ । ती मध्ये अधिकांश लोभीहरू हुनसक्छन् ।

काँग्रेसमा दुःखका समयमा पार्टीमा रहेकाहरूले अवसर पाउनुपर्ने समयमा पाखा लगाइएको धेरै घटना छन् । नेताहरूले लाभको पद आफ्ना आफन्तलाई दिने प्रवृत्तिका कारण असन्तुष्टि व्याप्त भयो । तैपनि, काँग्रेस नछाडी रहने त्यस्ता कार्यकर्ताहरू मात्र काँग्रेसमा टिक्ने अवस्था बनेको छ ।

व्यापारिक फाइदाका लागि काँग्रेस प्रवेश गरेका र पैसाको बलमा टिकट लिएकाहरूको संख्या उल्लेख्य थियो । ठेकेदार र व्यापारीहरूले लाभ लिए । पछिल्लो समय टिकट लिन सफल हुनेमा त्यस्तै व्यक्तिहरू भए । अब त्यस्ता व्यक्तिहरू काँग्रेसलाई सघाएर रहने सम्भावना कम छ । काँग्रेसका कार्यकर्ताहरू अब सच्चा काँग्रेस चिनिने बताउन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot