Logo

नारायणकाजीलाई बाबुरामको चेतावनी : अब फेरि गोरखा आउने चेष्टा नगर्नुहोस्, तपाईजस्तो सुकिलोमुकिलो मान्छेलाई जनताले मन पराउँदैनन्’ (भिडियोसहित)



काठमाडौं, २३ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई अब फेरि गोरखा आउने चेष्टा नगर्न भन्दै आफ्ना प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई चेतावनी दिएका छन् ।

मतदानको पूर्वसन्ध्यामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले भनेका थिए,‘नारायणकाजीजीलाई गोरखाली जनताले रुचाएका छैनन्, उनी सुकीमुकिला व्यक्ति हुन, उनलाई शहर नै ठिक छ, फेरि गोरखा आउने चेष्टा नगरेहुन्छ।’

मतपरिणामको लागि वहुप्रतिक्षित गोरखा २ मा बाबुराम भट्टराईले प्रतिष्पर्धी नारायणकाजी श्रेष्ठसँग मतान्तर बढाउँदै लगेका छन्। भट्टराई र श्रेष्ठको मतान्तर ३ हजार बढी देखिएको छ।

पछिल्लो मत परिणाम अनुसार भट्टराईले २० हजार ८९७ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले १७ हजार ८२९ मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्