Logo

सिरहा ३ (क) मा माओवादी नेता यादव निर्वाचित



प्रदेशसभा क्षेत्र नम्बर ३ (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार यादव ११ हजार ४१२ मतसहित विजयी हुनुभएको छ ।

अहिले केही बेरअघि सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मनोजकुमार सिंहलाई ४७९ मत अन्तरले पराजित गर्दै यादव निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका सिंहले १० हजार ९३३ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot