Logo

यी ‘हेवीवेट’ जसले हारे, पार्टीमा प्रभाव राख्ने शीर्षस्थ नेताहरु नै पराजित



रमेश लम्साल : काठमाडौँ, २४ मंसिर :  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टीमा प्रभाव राख्ने शीर्षस्थ नेताहरु नै पराजित भएका छन् ।

नेपाली काँग्रेस, नेकपा९एमाले० र नेकपा९माओवादी केन्द्र०का दोस्रो तहका नेताको पराजय भएको छ । काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पराजयलाई संयोगको रुपमा लिइएको छ ।

वर्तमान सरकारका उपप्रधानमन्त्री समेत रहेका कमल थापा मकवानपुरबाट पराजित हुनु भएको छ । उहाँलाई नेकपा९एमाले०का कृष्णप्रसाद दाहालले पराजित गर्नुभयो । मकवानपुर क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा दाहालले ४० हजार ६३१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी समेत रहनु भएका उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री थापाले ३४ हजार ६५८ मत प्राप्त गर्नुभयो ।

निर्वाचन अगाडि हेटौँडा बजारबाट पूर्व–पश्चिम राजमार्गलाई बाहिर सार्ने निर्णय गरेपनि थापालाई मतदाताले भने न्याय गरेनन् । बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने जस्ता निर्णयमा संलग्न हुनु भएका उपप्रधानमन्त्री थापाको विजय यात्रामा एमाले नेता दाहालले पूर्णविराम लगाइदिनुभयो ।

यस्तै पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग पराजित हुनुभयो । राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई झण्डै तीन हजार मतान्तरले पराजित गर्नुभयो । उहाँले ३० हजार ७४२ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८२८ मत पाउनुभयो ।

यस्तै पूर्वसभामुख, पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एमाले उम्मेदवारसँग पराजित हुनुप¥यो । विसं २०७० सालको चुनावमा पौडेलले किसनकुमार श्रेष्ठलाई पराजित गर्नुभएको थियो । अन्तिम मतपरिणामअनुसार उनै श्रेष्ठले ३४ हजार ४८९ मत पाउँदा पौडेलले २७ हजार ६ सय ७५ मतमा चित्त बुझाउनुप¥यो ।

वाम गठबन्धनका सुत्राधारसमेत रहनु भएका नेकपा ९माओवादी केन्द्र०का नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ आफ्नै पूर्वसहकर्मी डा बाबुराम भट्टराईबाट पराजित हुनुप¥यो । यस्तै अर्का पूर्व उपप्रधान एवं गृहमन्त्री गौतम वर्तमान सरकारका सिँचाइमन्त्री सञ्जय गौतमसँग पराजित हुनुप¥यो ।

वाम गठन्धनका सुत्राधारका रुपमा रहनु भएका वामदेवको पराजयलाई अस्वाभाविक रुपमा समेत अथ्याईएको छ । बर्दिया क्षेत्र नं १ मा एमालेका उपाध्यक्ष गौतम ७५३ मतान्तरले पराजित हुँदा काँग्रेस नेता सञ्जयले ४४ हजार ८२९ मत प्राप्त गर्नुभयो ।

यस्तै पाँचपटक अर्थमन्त्री भइसकेका काँग्रेसका प्रभावशाली नेता डा रामशरण महत आफ्ना पूर्वचिरपरिचित प्रतिस्पर्धी हितबहादुर तामाङसँग पराजित हुनुभयो । नुवाकोट क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी जिजयी हुँदा काँग्रेस नेता डा महतले २७ हजार ९२० मत प्राप्त गर्नुभएको छ । विजयी तामाङले डा महतलाई तेस्रो प्रयासमा पराजित गराउनुभयो । विसं २०५१ देखि लगातार सबै चुनाव जित्दै आउनुभएका डा महतको विजय यात्रालाई हितबहादुरले ‘ब्रेक’ लगाइदिनुभएको हो । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा तामाङ डा महतसँग पराजित हुनुभएको थियो । डा महतलाई उदारीकरणको अगुवाका रुपमा लिइने गरिन्छ ।

तेस्रो प्रयासमा विजय हासिल गरेपछि तामाङले भन्नुभयो, “नुवाकोटका जनताले परिवर्तनको महसुस गरे र वाम गठन्धनलाई विजयी गराए ।”

संयोग कस्तो परेको छ भने डा महतका भाई डा प्रकाशशरण र भतिजा रमेश महतले समेत पराजय भोग्नु परेको छ ।

काँग्रेसका अर्का प्रभावशाली एवं पटकपटक मन्त्री हुनु भएका अर्जुननरसिंह केसीले पनि पराजयको स्वाद चाख्नुप¥यो । प्रदेशसभामा नेता केसीका भाइ जगदीश्वरनरसिंह केसी पनि पराजित हुनुभयो । एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडाले नुवाकोट २ मा १० हजार मतान्तरले पराजित गर्नुभएका अर्जुननरसिंह २६ हजार ३३५ मतमा रोकिनु भएको हो । खतिवडाले ३६ हजार ८९२ मत प्राप्त गर्नुभयो ।

यस्तै पूर्वअर्थमन्त्री एवं काँग्रेस नेता महेश आचार्य, प्रभावशाली नेता डा शेखर कोइरालाले पनि पराजय व्योहोर्नु परेको छ । यस्तै पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले पनि यस पटकको निर्वाचनमा विजय हासिल गर्न सक्नु भएन । पटकपटक मन्त्री बन्नु भएका डा प्रकाशशरण महत पनि एमाले महासचिव ईश्वर पोखरेलसँग पराजित हुनु भयो ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि पराजयको स्वाद चाख्नुपरेको छ । उपाध्याय यसअघि मन्त्री पनि हुनु भएको थियो । उपाध्याय वाम गठन्धनका उम्मेदवार चक्रपाणि खनालसँग पराजित हुनुभयो । कपिलवस्तु क्षेत्र नं १ बाट खनाल २९ हजार ७९९ मत प्राप्त गरी विजयी हुनुभएको हो । खनालका निकटतम प्रतिस्पर्धी काँग्रेसका उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गर्नुभयो ।

पराजयको स्वाद चाख्नेको सूचीमा काँग्रेस प्रभावशाली नेता एवं पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्ण सिटौला पनि हुनुहुन्छ । राप्रपाका नेता राजेन्द्र लिङ्देन झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा सिटौलाले पराजय भोग्नुपरेको हो । लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा काँग्रेस उम्मेदवार सिटौलाले ३१ हजार १७१ मत मात्र प्राप्त गर्नुभएको हो ।

पराजय हुनेमा पूर्वमन्त्री नवीन्द्रराज जोशी पनि हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं ८ मा एमालेका नेता जीवनराम श्रेष्ठसँग पराजित हुनभयो जोशी । श्रेष्ठले १३ हजार ३९७ मत पाउँदा जोशीले १२ हजार ९५३ मत पाउनुभएको थियो । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उद्योगमन्त्री हुनुहुन्थो ।

हालसम्म घोषित परिणाममध्ये ४१ जिल्लामा वाम गठबन्धनले एकलौटी रुपमा जित निकालेको छ । केही हस्ती र हेवीवेट ठानिएका नेताहरु एक पछि अर्को गर्दै पराजित भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवा पनि एमाले नेता नारदमुनि रानासँग पराजित हुनुभयो ।



प्रतिक्रिया दिनुहोस्