Logo

मानव अधिकार संरक्षण गर्न सरकार सदैव तयार छ : प्रधानमन्त्री देउवा



काठमाडौँ, २४ मंसिर  : प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकारको संरक्षण गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उनान्सत्तरीऔँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आज आयोजना गरेको कार्यक्रममा उहाँले सरकार सदैव मानव अधिकारको संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मानव अधिकारको सुनिश्चित भए मात्र लोकतन्त्रको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सरकारले आयोगले गरेका सिफारिसहरु कार्यान्वयनलाई प्राथमिकता दिएको उल्लेख गर्दै आयोगको सहयोगका लागि सहयोग गर्न सदा तयार रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री देउवाले आयोगको भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै आयोगले गरेको मानव अधिकार संरक्षण गर्न गरेको अनुगमनको प्रशंसा समेत गर्नुभयो ।

आयोगका अध्यक्ष अनुप शर्माले आयोगमा नेपालको विद्यमान दण्डहीनताको स्थितिको अन्त्य र सुशासनको प्रत्याभूति गर्न केन्द्रित हुन सकोस भन्ने शुभकामना व्यक्त गर्दै आयोगमा यो आर्थिक वर्ष परेका २२० उजुरीको अनुसन्धान सम्पन्न गरी नेपाल सरकारलाई सिफारिस गरेको जानकारी दिनुभयो ।

नवौं मानव अधिकार राष्ट्रिय महाभेलाका संयोजक लिली थापाले आफूलाई हिंसा भएपनि चुपचाप बस्ने संस्कृति भएको हुँदा मानव अधिकार हनन् भए पनि नभने प्रवृतिको अन्त्य गर्नु जरुरी भएको बताउनुभयो ।

आयोगले सबैका लागि घर घरमा मानव अधिकारः शान्ति र विकासका आधार भन्ने नाराका साथ मानव अधिकार अभियान सञ्चालन गरेको छ । यो दिवसका अवसरमा ‘हाम्रो अधिकार, हाम्रो स्वतन्त्रता : सधैँका लागि’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘समृद्धि र विकासको आधार ः युवा र महिलालाई समान अवसर’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot