Logo

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा औसतमा ६८.६३ प्रतिशत मतदान



काठमाडौं, २४ मंसिर  : प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा औसतमा ६८.६३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत र दोस्रो चरणको निर्वाचनमा करिब ७० प्रतिशत मतदान भएको थियो ।

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा भएको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदातामध्ये २० लाख ७२ हजार ६५७ मतदाताले मतदान गर्नुभएको थियो ।

यसैगरी, दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा भएको निर्वाचनमा कूल एक करोड २२ लाख ३५ हजार ९९३ मतदातामध्ये ८५ लाख १४ हजार ८६४ मतदाताले मतदान गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्