Logo

दुईजना सहायक रथीको पदावधि थप



काठमाडौँ, २५ मंसिर : मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले दुईजना सहायक रथी दामोदर थापा र नवजितशम्शेर जबराको पदावधि थप गर्ने निर्णय गरेको छ ।

बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडको पनि पदावधि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारकर्मीलाई जानकारी दिनुुभयो ।

उहाँले बैठकले केही विदेश भ्रमणहरुलाई अनुमोदनसमेत गरेको जानकारी दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्