Logo

रामचन्द्र पौडेलले हार्दा मण्डिखाटार दुःखी, वालुवाटार खुशी, जोशीले खुवाए भोज



२५ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू हारे । निराशाकाबिच आफैलाई पराजित गर्ने एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई विजयी जुलुसको बिचमै गएर खादा लगाएर बधाई दिए ।

उनै पौडेलले चुनाव हार्दा कांग्रसभित्रका केही नेताहरुलाई भने सहज भएको छ ।
कांग्रेसको नेतृत्वमा सरकार बनाउने अवस्था आए पौडेललाई धेरै कांग्रेसी नेताहरुले भावी प्रधानमन्त्रीको रुपमा प्रचार गरेका गिए । पौडेल आफैँ पनि प्रधानमन्त्री पदका लागि इच्छुक रहेको संकेत देखाइसकेका थिए ।

कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना त लगभग अबको पाँच वर्षका लागि सकिएको छ ।

तर पार्टी सभापतिकोसमेत दाबी गर्दै आएका पौडेलले हार्दा कमजोर साबित बनाउनका लागि देउवा पक्षका नेताहरुलाई बाहाना मिलेको छ ।
यता पौडेल पक्षका भनिएका महामन्त्री शेखर कोइराला लगायतका नेताहरु भने पौडेलको हारप्रति चिन्तित छन् ।

पौडेलले हार्दा कांग्रेसको एउटा खेमा नै कमजोर बनेको कतिपयको विश्लेषण छ ।
रामचन्द्र पौडेलले चुनाव हार्नुको प्रमुख कारण तनहुँकै कांग्रेस नेता गोविन्दराज जोशीलाई मानिएको छ ।

बागी उम्मेदवारी दिएका जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । आफू जित्नका लागि नभै पौडेललाई हराउनका लागि बागी बनेका जोशीले उम्मेदवारी रद्द भएपछि पनि आफू निकटका कांग्रेस कार्यकर्तालाई पौडेलको विरुद्धमा मतदान गर्न लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्