Logo

कांग्रेस उम्मेदवार दिपक खड्का हराउन अन्तरघात गर्ने संखुवासभाका तीन कांग्रेस नेतामाथि कारबाहीको माग



२८ मंसिर, काठमाण्ठौ । संखुवासभामा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउन कांग्रेसकै नेता लागिपरेको पाइएको छ । जिल्लाबाट प्रतिनिधिसमा सदस्यका लागि उम्मेदवार बनेका दिपक खड्कालाई हराउनका लागि जिल्लाका केही नेताले चलखेल गरेको भन्दै कारबाहीको माग गरेका छन् ।

कांग्रेसका नेताहरु तारामान गुरुङ, मुक्तिसिंह राई र थलकुमार लिङ्खाविरुद्ध जिल्लामा कारबाहीको माग गरिएको छ । एमालेका उम्मेदवार राजेन्द्र गौतमसँग मिलेर कांग्रेसका उम्मदवार खड्कालाई हराउने रणनीतिमा लागेको आरोप लगाउँदै तीनजना विरुद्ध कारबाहीको माग गरिएको हो ।
एमाले उम्मेदवार गौतमसँग साँठगाँठ गरी पैसा खाएर आफ्नै दलको उम्मेदवारलाई हराएको गुरुङ, राई र लिङ्खामाथि आरोप छ ।

तीनै जनालाई कारबाही गर्न जिल्लाका कांग्रेस कार्यकर्ताले माग गरेका हुन् ।
कांग्रेसको प्रभाव बढि भएको जिल्लामा कांग्रेसकै उम्मेदवार खड्का थोरै मत अन्तरले हारेका हुन् ।

गौतमले ११२० मतले खड्कालाई हराएका हुन् । उनले ३२७६९ मत प्राप्त गर्दा काँग्रेसका खड्काले ३१६४९ मत पाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot