Logo

आरजुको रवाफले कांग्रेसको सपना उडायो हुरीले



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसले देशव्यापी रुपमा लज्जास्पद हारमात्रै व्यहोरेन सरकारबाट बाहिरै बस्नुपर्ने अवस्था पनि सिर्जना भएको छ । कांग्रेस अब प्रतिपक्षमा बस्ने पक्कापक्की भएको छ । एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले स्पष्ट बहुमत ल्याईसकेको छ । अब उसले आगामी पाँच वर्षसम्म ढुक्कले सरकार सञ्चालन गर्ने भएको छ।

कांग्रेसको ईतिहाँसमा प्रदेश नम्बर ७ मा यो पटकको निर्वाचनमा उसले लज्जास्पद हार व्यहोर्यो । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले बाहेक प्रत्यक्षतर्फ कसैले पनि खाता खोल्न सकेनन् । यसको पछाडिको प्रमुख कारण पनि देउवा दम्पत्ति भएको खुलासा भएको छ ।

कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचनमा उठेकी देउवा पत्नी डा. आरजु देउवा राणाको रवाफिलो प्रस्तुतिले गर्दा कांग्रेसले सुदुरपश्चिममा एक सिटभन्दा बढि जित्न नसकेको कांग्रेसी नेताहरुको आरोप छ ।

सुरुमा उनले कैलालीको स्थायी वासिन्दा देखाउनको लागि तीन करोड रुपैयाँ खर्चिएर शानदार बंगला खरिद गरिन् । उनले घर किनेर आफूलाई त्यहाँका धनाढ्य वासिन्दा बन्न लागेको सन्देश प्रवाह गरिन् । उनको यही कदम कांग्रेसलाई अभिषाप सिद्ध भयो ।

उनका प्रतिष्पर्धी एमालेका उम्मेद्धवार नारदमुनि रानाले जित्नुको प्रमुख कारण पनि आरजुको गलत हर्कत नै रहेको पुष्टि भएको छ । केही कांग्रेसीजनहरुल पनि भनेका छन्,‘म जे पनि गर्छु भनेर आरजुले जुन हर्कत देखाईन, त्यो अपाच्य थियो, यही कदम आज सिँगो सुदुरपश्चिम कांग्रेसीहरुको लागि ब्याक फायर भयो।’ आरजुले आफूले चाहे जे पनि हुन्छ भन्दै घमण्ड पालेर बसेकी आरजुको कारण कांग्रेसको सपना हुरीले उडाएको भन्नेहरुपनि प्रशस्त छन् ।



प्रतिक्रिया दिनुहोस्