Logo

हाम्रो प्राथमिकता सरकार होइन, संविधान संशोधन हो : राजकिशोर यादव



१ पुष, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले संविधान संशोधन गरेर जनतालाई अधिकार दिलाउने विषयमा आफूहरु केन्द्रित हुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता यादवले जनताको जनादेश अनुसार आफूहरु सरकारमा जानेभन्दा पनि जनताको अधिकार सुनिश्चित गर्नु पहिलो प्राथमिकता भएको बताए ।

प्रदेश नम्बर २ मा आएको जनादेश अनुसार राजपा र संघीय समाजवादी फोरम मिलेर सरकार गठन गरिने बताए । आपसमा सहमति गरेर उपयुक्त व्यक्तिको नेतृत्वमा प्रदेश नम्बर २ मा सरकार गठन गरिने बताए । कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा कुनै विवाद नहुने दाबी गर्दै यादवले आपसी तालमेल र जनादेशको कदर गर्दै सरकार गठन गरिने बताए ।

राजपा र फोरमबिच पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको र सकारात्मक रुपमा छलफल अघि बढिरहेको जानकारी यादवले दिए । दुई दलबिचको मुद्दा एउटै भएकाले पार्टी एकता गर्न सहज हुने उनको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्