Logo

मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ क्रिकेटको फाइनलमा प्रवेश



काठमाडौं,  १ पुस । नेपाल एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

थाइल्यान्डमा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ३५ ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनायो । नेपालका लागि प्रतिश जिसीले सर्वाधिक २५ रनको योगदान गरे । जवाफमा १२८ रनको विजय लक्ष्य पछ्याएको मलेसिया २१ ओभर १ बलमा ५५ रनमै अलआउट भयो ।

नेपालका लागि सूर्य तामाङले सर्वाधिक ४ विकेट लिँदा नारायण जोशीले ३ विकेट लिए । प्रतियोगिताको उपाधिका लागि अब नेपालले आइतबार (भोलि) सिंगापुरको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् शनिबारै भएको अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै सिंगापुरले फाइनलमा स्थान बनाएको हो ।



प्रतिक्रिया दिनुहोस्