Logo

धाधँली गरेर हराइएका कांग्रेस उम्मेदवार दिपक खड्का अदालत जाने तयारीमा



पुष २, काठमाण्डौ । संखुवासभामा प्रतिनिधि सभा सदस्यका लागि मतगणनामा धाँधली गरेर एमालेका उम्मेदवारव राजेन्द्र गौतमलाई विजयी घोषणा गरिएको भन्दै कांग्रेस उम्मेदवार दिपक खड्का अदालत जाने तयारी गरेका छन् ।

संखुवासभामा धाँधली भएको आरोप लगाउँदै नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले पनि तत्काल पूनः मतगणना गर्न माँग गरेको थियो ।
नेपाली कांग्रेस केन्द्रिय कार्य समितिले पनि उक्त मतगणनामा व्यापक धाँधली भएको भन्दै पूनः मतदान हुनुपर्ने माँग गरेको हो
यसै विषयलाई लिएर उम्मेदवार खड्का अदालत जान लागेका हुन् ।

वामपन्थीहरुको पक्षमा मतगणना सार्वजनिक भैरहेपछि जिल्ला न्यायाधिश(मतदान अधिकृत) प्रकाश राउतले नै खड्कालाई हराउनको लागि पहल गरेको आरोप लागेको थियो ।

मतगणना पूर्व संखुवासभामा सर्वदलीय बैठक बसेर सदर र बदर मत कसरी छुट्याउने भन्नेबारे सहमति भएको थियो । मतगणना गर्दा खास बदर मत ६ सय थियो । तर पछि २९०० सय मत बदर भएको बनाईको खड्काको दाबी छ ।

स्वस्तिक छाप देखिएको वा टिक लागेको भन्नेमा सदर गर्ने सर्वदलीय सहमति थियो, तर स्वस्तिक छाप बढि कांग्रेसको पक्षमा पर्यो, बदरमा एमालेको हातमा जम्मा ३ सय भयो, अरु सबै कांग्रेसको भयो, यो हराउनको लागि हो।’ खड्काले भने ।

मतगणनाकै क्रममा कांग्रेसका उम्मेद्धवार खड्काले मतगणनामा दलहरुले हस्तक्षेप गर्न नहुने भन्दै मत काउन्ट फेयर गर्न आग्रह गरेका थिए । तर राउतले एकलौटी रुपमा एमालेका उम्मेद्धवार राजेन्द्र गौतमलाई विजयी घोषणा गरेका थिए ।

आफू अन्यायमा परेको भन्दै कांग्रेस नेता खड्का अदालत जाने तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्