Logo

शेरबहादुर देउवाले किन भने “केपी ओलीलाई प्रधानमन्त्री बन्न दिन्न” (हेर्नुहोस् भिडियोसहित)



२ पुस,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव अघि भनेका थिए, “अबको निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याउँछ, बामपन्थीहरुलाई जनताले भोट हाल्दैनन्, यो कुरा बुझेहुन्छ।”
एमाले र माओवादी मिलेर चुनाव लडेकाले प्रत्यक्षमा कांग्रेसको जम्मा २३ सिट आयो । एमालेले ८० र माओवादीले ३६ सिट जित्दा कांग्रेसको २३ सिट निकै कम मानिएको छ । देउवाले चुनावअघि भनेजस्तो वामपन्थीलाई जनताले भोट नहाल्ने भन्ने कुरा गलत साबित भएको छ ।

तर समानुपातिकतर्फ कांग्रेसले पाएको मत हेर्दा जनलहर वामपन्थीतिर नगई दुई दल मिलेकाले मात्रै प्रत्यक्षमा कांग्रेसले कम सिट जितेको ठहर भएको छ ।
रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै चुनाव अघि देउवाले चुनावपछि पनि आफैँ प्रधानमन्त्री बन्ने दाबी गरेका थिए । तर तत्कालका लागि उनको अपेक्षा पूरा नहुने भएको छ ।
“कांग्रेसको बहुमत आउँछ । कांग्रेसको नेतृत्वमा सरकार बन्छ, सरकारको नेतृत्व म गर्छु।” देउवाले भनेका थिए ।

उनले त्यसबेला केपी ओलीलाई प्रधानमन्त्री बन्नसमेत नदिन जिकिर गरेका थिए । तर अहिले एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको एक्लो दाबेदार जस्ता देखिएका छन् ।
त्यसबेला देउवाले यो पनि भनेका थिए, “चुनाव गराउँदै भन्ने झुटा कुराहरु भए, संविधान कार्यान्वयन त मैले गराएर छोडें । संविधान कार्यावयनसँगै अब मुलकु समृद्धिको यात्रामा अघि बढ्छ।”

संविधान कार्यान्वयन गराउने सवलामा भने देउवा पूर्ण सफल देखिएका छन् । अनेका आशंका र आलोचनाकाबिच पनि उनले चुनाव सम्पन्न गराए ।

मधेशीहरुको अधिकार सुनिश्चि गर्नको लागि आफ्नो पार्टीले विगतमा पनि पहल गरेको भन्दै भविष्यमा पनि मधेशी जनताको चाहना अनुसार संविधान सुधार भैरहन सक्ने देउवाले त्यसबेला विश्वास दिलाएका थिए ।

उनले यो पनि भनेका थिए, “अरु जिते माननीय हुने हो, म जिते प्रधानमन्त्री हुन्छु, सुदुरपश्चिमको को प्रधानमन्त्री हुन्छ ? म त प्रधानमन्त्री भैसकें, अब पनि प्रधानमन्त्री म नै हुँ, मेरो जित भैसक्यो ।”

देउवाले चुनाव त जिते तर पार्टीले धेरै ठाउँमा हारेकाले अहिलेका लागि उनी प्रधानमन्त्री बन्ने सम्भावना टरेको छ ।
भन्न त उनले “म त फेरि पनि प्रधानमन्त्री बन्ने पक्का भैसक्यो, बरु ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न । किनकी बहुमत हाम्रो आउने सुनिश्चित् छ।”
पनि भनेका थिए । तर ओलीलाई प्रधानमन्त्री बन्नबाट देउवाले रोक्न सक्ने अवस्था छैन ।



प्रतिक्रिया दिनुहोस्