Logo

कांग्रेसका युवा नेताहरुबिच पार्टी सुधारका विषयमा मतान्तर, नेतृत्व परिवर्तन कि सुधार भन्नेमा विवाद



६ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न अभियान नै चलाउन लागेको बताइएको छ ।

कांग्रेसका युवा नेताहरुले बुधबार राजधानीमा बैठक नै गरेर यस्तो अभियान चलाउने घोषणा गरेका हुन् । उनीहरुले युवा नेता गगन थापालाई संसदीय दलको नेता बनाउन पनि जोड दिएको बताइएको छ । तर यसबारे कसैले पनि पुष्टी गरेका छैनन् ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा बसेको बैठकमा नेताहरु गगन थापा, धनराज गुरुङ, बद्रि पाण्डे, गुरु घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल, उज्ज्वल बराल लगायत सहभागी थिए ।

तर युवा नेताहरुबिचमा पनि मतान्तर देखिएको छ । नेतृत्व परिवर्तन गर्ने कि सुधार गर्ने भन्नेमा युवा नेताहरु एकजुट हुन सकेका छैनन् ।
बद्री पाण्डेले नेतृत्व परिवर्तनको कुरा अस्विकार गर्दै पार्टी नेतृत्व सुधारका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको पाण्डेले बताए ।

संसदीय दलको नेता सभापति शेरबहादुर देउवा वा महामन्त्री शशांक कोइरालामध्ये एकजनालाई बनाउने विषयमा छलफल भए पनि गगन थापालाई संसदीय दलको नेता बनाउने विषयमा कुनै छलफल नभएको पाण्डेले बताए ।

गगन थापाको आक्रामक शैलीप्रति अधिकांश नेताहरु असन्तुष्ट रहेको पाइएको छ । तर कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरुले भने थापालाई नै पार्टीमा अघि सार्नुपर्ने सुझाब दिन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot