Logo

प्रदेशसभा समानुपातिकतर्फको सिट बाँडफाँट आजै गर्ने तयारी



काठमाडौं, ६ पुस । निर्वाचन आयोगले आज प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने तयारी गरेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फको मत गणना पुस २ गते सकाएको आयोगले आज सिट बाँडफाँट गर्न लागेको हो ।प्रदेशसभाको कूल ५५० सिटमध्ये २२० समानुपातिक प्रणालीमार्फत छनोट गर्ने व्यवस्थाअनुसार मतदान भएको थियो । प्रत्यक्षतर्फको ३३० स्थानको परिणाम भने आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिनिधिसभातर्फको सिट टुंगो लगाउन भने अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा रहेको समानुपातिक निर्वाचन एकाइको कार्यालयले मत परिणामको पुनः परीक्षण गरिरहेको र त्यसले प्रतिवेदन बुझाएलगत्तै घोषणा हुने जनाए ।



प्रतिक्रिया दिनुहोस्