Logo

लोकतन्त्रमाथि आईपर्ने खतराको डटेर मुकाविला गर्न हामी तयार छौं : निधि



जनकपुर, ६ पुस । नेपाली काग्रेसका नेता विमलेन्द्र निधिले मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढेर गएको दावी गरेका छन् ।

बिहिबार जनकपुरमा आयोजित रामनारायण मिश्रको स्मृति सभालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि बाम गठबन्धनको गतिविधि अधिनायकवादतर्फ उन्मुख हुने खालको रहेको दावी समेत गरे ।

निधिले लोकतन्त्रमाथि आईपर्ने खतराको डटेर मुकाविला गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्